नेपाल एअरलाइन्सद्वारा जहाजको मर्मतमा नयाँ प्रविधि लागू

डिसी नेपाल
५ भदौ २०८२ १९:४८
144
Shares

काठमाडाैं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना जहाजको मर्मतमा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन–डिस्ट्रक्टिभ टेस्ट’ (एनडीटी) प्रविधि लागू गरेको छ।

जहाज, रेल, गह्रुँगा मेशिनरी र निर्माण उद्योगमा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न एनडीटी प्रविधि लागू गरिन्छ। नियमित निरीक्षणले ठूलो दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरणलाई जोगाउँछ।

आज विज्ञप्ति निकालेर अब निगमको मर्मत कार्यको दायरा फराकिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यो प्रविधि लागू गरिएको पनि निगमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *