सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
६ भदौ २०८२ ११:११
188
Shares

काठमाडौं। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ।

बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *