तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।
त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment