सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

डिसी नेपाल
१३ भदौ २०८२ १७:२५
188
Shares

सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन्। जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उहाँले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरेकी हुन्।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन्। उनले भने, ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु।‘


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *