आफ्नो हकका लागि रोएर बस्ने होइन लडेर लिनुपर्छ: उपेन्द्र यादव

डिसी नेपाल
१४ भदौ २०८२ २०:१२
24
Shares

जनकपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नु भन्दा लडाई लडेर लिनुपर्ने बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन्।

उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि संघर्षरत रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए। उनले आफूहरुको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे। उनले अहिलेको परिस्थितिमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने जनाए।

अध्यक्ष यादवले लोकतन्त्रमा सबै जनाले समान अधिकार पाउने पर्नेमा देशमा अहिले पनि जाती र समुदायहरुकाबीच विभेद कायम रहेको बताउँदै जनता समाजवादी पार्टीले यस परिस्थितिलाई चिरेर सबैलाई समान अधिकार दिलाउने जानकारी दिए।

नेपालमा सबै भन्दा बढी जनसंख्या दलित समुदायको भएपनि अधिकारमा भने सबै भन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए।

अध्यक्ष यादवले सबै दलितलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आह्वान गरे। उनले मधेश र मधेशमा बसोबास गर्ने सबै जातजाती र समुदायले अधिकार प्राप्त नगरेसम्म आफूहरु लडिरहने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *