चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा

डिसी नेपाल
१५ भदौ २०८२ ११:०८
24
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन् ।

चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन्।

चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *