प्रधानमन्त्री ओलीसँग भेटेपछि मोदीले भने-नेपालसँगको सम्बन्ध विशेष छ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ।
चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो।
उक्त भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।’





No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment