सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन।
बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन। चाँदीको मोल पनि यथावत छ। हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment