प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय

डिसी नेपाल
१ भदौ २०८३ १९:१२

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन्।

सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ।

यसअघि आजैको बैठकमा सभामुख अर्यालले पनि प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने रुलिङ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *