नेकपाद्वारा कोशी सरकारमा तीन महिलासहित मन्त्रीहरूको नाम टुङ्गो, मन्त्रालयको जिम्मेवारी बाँडफाँट
विराटनगर । नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाएको छ। पार्टीले यसअघि अनिर्णीत रहेको मन्त्री पदमा गीता तिम्सिनालाई पठाउने निर्णय गरेसँगै कोशी सरकारमा तीन जना महिला नेत्रीहरूलाई सामेल गर्ने भएको छ।
नेकपाबाट इलामकी खिनु लङ्वा र मोरङकी गीता तिम्सिना मन्त्रीका रूपमा सरकारमा जाने भएका छन् भने सपना दर्जीलाई राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ। यसैगरी, नेकपाबाट जीवन आचार्य र गोम्बु शेर्पा पनि मन्त्री बन्नेछन्।
एमालेसँग भएको मन्त्रालयको बाँडफाँटअनुसार खिनु लङ्वालाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालय र गोम्बु शेर्पालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, एमालेबाट यसअघिका सामाजिक विकास मन्त्री रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। आन्तरिक मामिला मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment