प्रधानमन्त्रीलाई प्रश्नोत्तरमा सरिक हुन रुलिङ, प्रतिनिधिसभामा ७८ दिनको विपक्षीको अवरोध हट्यो
काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध समाप्त भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेपछि विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछाडि हटेका हुन्।
विपक्षी दलका सांसदहरूले १७ जेठ २०८३ देखि प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिको जवाफ र स्पष्टीकरणको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका थिए। सभामुखले प्रश्नोत्तर कार्यक्रमसँग सम्बन्धित रहेर रुलिङ गर्दै बस्न आग्रह गरेपछि विपक्षी सांसदहरू आफ्नो विरोधको कार्यक्रम फिर्ता लिन बाध्य भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment