विभिन्न कारागारबाट भागेका १० जना कैदी र थुनुवा पक्राउ

डिसी नेपाल
३० भदौ २०८२ २३:२७
48
Shares

दमौली (तनहुँ)। कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन्। यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण मुलुकका विभिन्न कारागारबाट फरार भएका छ जना कैदीबन्दी र चार जना थुनुवालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।

कास्की कारागारका चार कैदी र दुई थुनुवा, चितवन कारागारका एक कैदी र एक थुनुवा, नख्खु कारागारका एक कैदी र एक थुनुवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए। पक्राउ परिएका कैदीबन्दीलाई सम्बन्धित कारागार पठाइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.