विभिन्न कारागारबाट भागेका १० जना कैदी र थुनुवा पक्राउ
दमौली (तनहुँ)। कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन्। यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण मुलुकका विभिन्न कारागारबाट फरार भएका छ जना कैदीबन्दी र चार जना थुनुवालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।
कास्की कारागारका चार कैदी र दुई थुनुवा, चितवन कारागारका एक कैदी र एक थुनुवा, नख्खु कारागारका एक कैदी र एक थुनुवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए। पक्राउ परिएका कैदीबन्दीलाई सम्बन्धित कारागार पठाइएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment