सुदूरपश्चिम रोयल्सले टस जित्यो, चितवनले पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
१६ कार्तिक २०८३ १७:०७

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।

योसँगै चितवन राइनोजले ब्याटिङ गर्ने भएको छ। आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन्।

चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुँदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ। सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *