विराटनगरमा फ्रिज चोरेर भाग्दा गेटमा अड्किएका चोरको प्रहरीद्वारा उद्धार

डिसी नेपाल
१६ कार्तिक २०८३ १४:५२

काठमाडौं । विराटनगरको फिलचोकस्थित एक कार्यालय भवनमा चोरी गरी भाग्ने क्रममा गेटमा अड्किएका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ।

गएको राति भएको उक्त घटनामा सुनसरीको दुहबी निवासी विकास झाले ‘उपया’ नामक सामान डेलिभरी गर्ने कम्पनीको कार्यालयबाट फ्रिज चोरी गरी बाहिर निकालेका थिए।

कार्यालय भवन खाली रहेको मौका छोपी एक्लै फ्रिज बोकेर बाहिर निस्किएका उनले, त्यसलाई गेट माथिबाट कटाएर भाग्ने प्रयास गरेका थिए। सोही क्रममा उनी गेटमाथिको तीखो फलामे किलामा अड्किएपछि उनी रातभर त्यहीँ अलपत्र परेका थिए।

भोलिपल्ट बिहान स्थानीय बासिन्दाले गेटमा फसेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले घटनास्थलमा पुगी उनको सकुशल उद्धार गरेको छ।

प्रहरी प्रमुख कविद कटुवालका अनुसार घाइते अवस्थामा फेला परेका झा लागू पदार्थको नशामा समेत रहेको खुलेको छ। हाल उनको कोशी अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यलाभ पश्चात् उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *