भारतबाट अवैध रूपमा ल्याइएको एक लाख बराबरको पटका बरामद

डिसी नेपाल
१६ कार्तिक २०८३ १५:१३
12
Shares

झापा। झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ।

झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पटका बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए।

प्रहरीले बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ। बरामद पटका करिब एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *