ओभरटेकको अनियन्त्रित होडबाजी: सार्वजनिक यातायातद्वारा नियम उल्लंघन

डिसी नेपाल
१६ कार्तिक २०८३ १०:४६
8
Shares

काठमाडौं। काठमाडौंको कोटेश्वर क्षेत्रमा सार्वजनिक यातायातका साधनहरूले अगाडि जाने (ओभरटेक) होडबाजीका क्रममा खुलेआम ट्राफिक नियम उल्लंघन गरिरहेको पाइएको छ।

व्यस्त सडकमा आफ्नै लेन छोडेर जथाभाबी अगाडि बढ्ने तथा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अत्यन्तै अव्यवस्थित बनाएको छ। जथाभाबी यात्रु चढाउने र ओराल्ने प्रवृत्तिसँगै चालकहरूले ट्राफिक नियमको बेवास्ता गर्दा राजधानीको समग्र ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ।

विशेषगरी व्यस्त सडकमा चालकहरूले अनुशासनहीन ढंगले गाडी हाँक्दा र नियमको पालना नगर्दा ठूलो दुर्घटनाको जोखिमसमेत दिनप्रतिदिन बढ्दै गएको छ। तसर्थ, सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन चालकहरू स्वयम् जिम्मेवार बन्नुपर्ने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र कडा निगरानी अपरिहार्य देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *