सोमबार सुनको मूल्य तोलामा २३ सयले बढ्यो, चाँदी पनि ७० रुपैयाँले महँगियो
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन (आइतबार) भने सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ७० रुपैयाँले बढेर चाँदीको भाउ प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment