४१५ रुपैयाँको तोरीको तेल किन्दा धनुषाका गौरीशंकरलाई पर्‍यो १० लाखको बम्पर उपहार

डिसी नेपाल
१६ कार्तिक २०८३ ११:५०
20
Shares

काठमाडौं । ललितपुरको बिगमार्टबाट जम्मा ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९, घोरघास घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका गौरीशंकर पण्डितले सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार जित्न सफल भएका हुन्।

पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टको आउटलेटबाट ४१५ रुपैयाँ मूल्यको तोरीको तेल खरिद गरेका थिए। उक्त खरिदको रकम भुक्तानी उनले डिजिटल वालेट ‘ई-सेवा’ मार्फत गरेका थिए। आधिकारिक बिल लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा उनको कुपन बम्पर उपहारका लागि योग्य भएको थियो।

 सरकारले राजस्व अभिवृद्धिमा सर्वसाधारणको योगदानलाई सम्मान गर्न र उपभोक्ताहरूलाई सधैँ आधिकारिक बिल लिन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *