म्याक्स टाइगरको ‘दशैं धमाका’ : नौ जनाले जिते यामाहाका मोटरसाइकल र स्कुटर, बम्परमा कार बाँकी

डिसी नेपाल
१५ कार्तिक २०८३ १५:११

काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न भागका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन्।

दशैंको उत्साह र युवा वर्गको रोजाइलाई लक्षित गरी सञ्चालित अभियानमा हालसम्म नौ जना विजेताले सवारीसाधन हात पारिसकेका छन्।

कम्पनीका अनुसार सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल प्राप्त गरेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।

यसैगरी, पछिल्लो चरणमा जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका विजेता बनेका छन्।

अभियानअन्तर्गत कुल १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनालाई यामाहा रे जेडआर स्कुटर तथा एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप ‘प्रोटोन कार’ प्रदान गरिने कम्पनीले जनाएको छ। कुल ३७ वटा सवारीसाधन पुरस्कार राखिएको यस योजनामा अब २७ वटा दुईपाङ्ग्रे सवारी र बम्पर कार जित्न बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *