कर्णाली याक्समाथि काठमाडौंको शानदार जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
काठमाडौंका लागि रशिद खानले ५० रन बनाए भने कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाएका थिए।
त्यस्तै कर्णालीका बलर सोमपाल कामी र हुसैन तालतले २-२ तथा मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए। त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए। त्यसैगरी काठमाडौंका बलर करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले एक एक विकेट लिए।
यो काठमाडौँ दोस्रो खेलमा पहिलो जित हो भने कर्णालीको तेस्रो खेलमा पहिलो हार हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment