जेनजीका प्रथम शहीदको अन्त्येष्टि, जसले हान्यो उसैको सलामी

डिसी नेपाल
३१ भदौ २०८२ ७:०८
588
Shares

गोरखा। जेनजी आन्दोलनका प्रथम शहीद विमलबाबु भट्टको सोमबार गोरखामा अन्त्यष्टि गरिएको छ।

परिवारको इच्छा अनुसार शवलाई उनको गाउँ बारपाक सुलिकोट-५ गाउँपालिकास्थित लाँकुरीबोट पुर्‍याइएको थियो। भट्टको पार्थिव शरीरलाई नेपाल प्रहरीले सलामी दिएको छ।

ऐतिहासिक जेनजी विद्रोहमा विमल कोटेश्वरबाट सहभागी भएका थिए। बानेश्वरको संसद् भवन अगाडि प्रदर्शनले उग्ररूप लिँदा उनी प्रहरीले चलाएको गोलीको निशानामा परेका थिए।

सोही दिन उनीसँगै गोली लागेर अरू १८ जनाले ज्यान गुमाएका थिए। यो समाचार तयार पार्दासम्म जेनजी आन्दोलनमा मृत्यु हुनेहरूको संख्या ७२ पुगिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *