सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडाैं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment