भारतको बाटो हुँदै युक्रेनमा मानव तस्करी

डिसी नेपाल
५ असोज २०८२ ७:३५
120
Shares

काठमाडौं । दलालहरुले गैरकानुनी रुपमा भारतको बाटो हुँदै युक्रेनमा मानव तस्करी हुने गरेको तथ्य बाहिरिएको छ। शुक्रबार मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरेपछि यो तथ्य बाहिरिएको हो।

एनआरएनएको पहल र जर्मनीस्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार नेपाल ल्याईएको जनाएको छ।

केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए ।

उनीहरु युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै काठमाण्डौ आईपुगेका हुन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राउत र कनिष्ठ अधिकृत निरोज महर्जन स्वागत गरेका थिए । उनीहरुले को दलाललाई के कति रकम दिएका युक्रेन पुगेका थिए भने ’  केही खुलेको छैन।

परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले सम्बन्धित मुलुकको कानूनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने जनाएको छ।

विदेशमा पक्राउ परेकाहरूको उद्धार प्रकृया पनि सहज नहुने बताउदै मन्त्रालयले विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन र यस प्रकारको कुनैपनि कार्यमा संलग्न नहुनुहुन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.