नेपालका लागि जापानी राजदूत र प्रधानमन्त्रीबीच भेट
काठमाडौं । नेपालका लागि जापाननी राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेका छन्। उनले नेपाल-जापान सम्बन्धको ७०औं वर्षगाँठ मनाउने सन्दर्भमा विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेका हुन्।
सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको तारिफ गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याए।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment