एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ।
आज त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन्। लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ। जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment