नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने

डिसी नेपाल
५ असोज २०८२ ११:५४
68
Shares

काठमाडौं। वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ।

निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ। हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ। राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरलता व्यवस्थापन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *