सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको छ।
आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment