मोटरसाइकल र्‍याली गर्न अनुमति दिन सरकारलाई युवा संघको अल्टिमेटम

डिसी नेपाल
२४ असोज २०८२ १८:४४
796
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले आफूहरूलाई २४ घण्टाभित्र मोटरसाइकल र्‍याली गर्न अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ।

राष्ट्रिय युवासंघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) आफूहरूलाई मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिइएको खण्डमा सरकारको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन्।

मोटरसाइकल र्‍याली आयोजना गर्न काठमाडौं प्रशासनले रोक लगाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थेबेले आफुहरु सडकमा ओर्लिएर सरकारको विरुद्धमा लाग्ने हो सरकारले रोक्न नसक्ने बताए।

आफूहरूको र्‍याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ। उनले शान्ति स्थापना र नागरिकको रक्षाका लागि आफूहरूले गर्न लागेको मोटरसाइकल र्‍याली रोकेर सरकारले लोकतन्त्रको धज्जी उठाएको बताए।

उनले अधिनायक र निरङ्कुशतावाद हाबी हुन थालेको भन्दै सच्चिनका लागि सरकारलाई सुझाव दिए। आफूहरूले सुशान, विधिको शासन र कानुनी राज्य मानेकाले सरकारले लगाएको रोकलाई स्वीकार गरिएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *