लघुकथा : होड

ईश्वर पोखरेल
२७ असोज २०८२ १३:५४
48
Shares

रमणका तीनजना छोरा।

छोराहरूका बीचमा बोलचाल छैन भनौं भने छ। भान्साघरमा पनि तीनैजना मिलेकै देखिन्छन्।
भोजमा पनि सँगसँगै जान्छन्।

केही महिना भो, रमण वैठककोठामा दुःखका साथ सुत्छन्।

उनको खाट नभएर होइन, खाट छ।

तर बाबुलाई काम गरेको देखाउन त्यो खाट घरि एउटाले आफ्नो कोठामा राख्दोरहेछ, कहिले त्यो खाट अर्काले आफ्नो कोठामा लैजान मौका छोप्दोरहेछ र अर्को बाबुको खाट आफ्नो कोठामा लैजान अवसर ढुकी बस्दो रहेछ।

सबै भएर पनि विचरा रमणले दुःख पाएका छन्।

जसरी हिँड्डुलमा सहज हुने र धुँवाधुलोबाट मुक्त रहने सम्भावना भएर पनि सडक विभाग, ढलनिकास विभाग, खानेपानी विभाग र विद्युत प्राधिकरणका बीचको बनाउने/भत्काउने होडले गर्दा यस शहरमा मान्छेले सधैं दुःख पाइरहेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.