एमाले केन्द्रीय समिति बैठक

बहुसंख्यक सदस्य ओलीको पक्षमा, नेतृत्व परिवर्तनको माग अल्पमतमा

डिसी नेपाल
३१ असोज २०८२ ७:१४
668
Shares

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व यथावत् राखिनुपर्ने धारणा राखेका छन्। देश अनिश्चितता र संकटको अवस्थामा रहेको बेला पार्टीको नेतृत्व परिवर्तन उपयुक्त नहुने उनीहरूको भनाइ छ ।

बुधबारदेखि जारी बैठकमा अध्यक्ष ओलीको पक्षमा बोल्नेहरूको संख्या उल्लेखनीय रहेको छ। स्रोतका अनुसार बिहीबार अधिकांश सदस्यले ओलीको समर्थनमा बोलेका छन्।

यता, केही सदस्यहरूले भने ओलीले नेतृत्वबाट राजीनामा दिनुपर्ने र नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा स्वागत गर्नुपर्ने रायसमेत दिएका छन् ।

केही सदस्यले तटस्थ धारणा राख्दै नेतृत्व परिवर्तन महाधिवेशनमार्फत मात्र गर्नुपर्ने बताएका छन् । उनीहरूको भनाइमा अहिलेको संकट महाधिवेशनबाटै समाधान खोज्नुपर्ने छ । बैठकमा वर्णानुक्रमअनुसार ‘ज्ञ’बाट सुरु भएको बोल्ने क्रम बिहीबारसम्म ‘न’ मा पुगेको छ । हालसम्म १३ जना केन्द्रीय सदस्य अनुपस्थित छन् ।

सोम मिश्र, सिवा सुन्दास, सरिता न्यौपाने, शर्मिला कार्की, विषमलाल राजवंशी, विद्या भट्टराई, रामनाथ साह, रामअवतार यादव, रवीन कोइराला, रमेश पौडेल, रचना खड्का, मीना कुमारी गुरुङ, माधव अर्याल, ममता गिरी, मञ्जुदेवी गुरुङ, भीमबहादुर कार्की, प्रभा बराल, प्रकाश बहादुर शाह, पेम्बा लामा पर्शुराम अधिकारी, नवीना लामा, नरदेवी पुन र दीपा शर्माले तत्काल नेतृत्व परिवर्तन गरेर जानुपर्ने धारणा राखेका छन्।

हेमराज राई, हरि उप्रेती, हर्कबहादुर राई, सुशील श्रीवास्तव, सुवास देवकोटा, सिपी घर्ती, सिवा न्यौपाने, सावित्रा राना, सरोज नेपाल, सरिता गिरी, श्रीप्रसाद साह, शिवराज सुवेदी, लीलाधर भट्ट, रेखाकुमारी झा, रामेश्वर रानामगर, राम राना, राजेन्द्र कुमार राई, रामबहादुर बुढा क्षेत्री, रञ्जना सरकार, युवराज बास्कोटा, यज्ञराज सुनुवार, मोहमद शामेर, मनोज जंग थापाले तटस्थ तर्क राख्दै महाधिवेशनबाट निकाश खोज्नुपर्ने बताए।

यस्तै, भगवती क्षेत्री थापा, भगवती चौधरी, बालसिंह काउछा, बाबुराम थापा नारायण सिलवालले पनि महाधिवेशनबाट निकाश खोज्नुपर्ने धारणा राखेका थिए। हरि राजवंशी, हरिकृष्ण व्यञ्जनकार, हरिदेव जोशी, सूर्य ढकाल, सुनिता वराल, सीमा क्षेत्री, सीता लामा, सावित्रा अर्याल, सहदेव बोगटी, सविता यादव, सरिता भुसाल, सरिता खनाल, सरस्वती बस्नेत, सम्झना देवकोटा, सन्तोष शर्मा, शोभा ज्ञवाली, शिव कुमार गोतामले, शान्ति अधिकारी, सकुन्तला बस्नेत, विष्णुमाया विक, विष्णु रिजाल, विष्णु ढुंगाना, विद्यासुन्दर शाक्य, लालबहादुर थापा, लक्ष्मी गौतम, लक्ष्मण ज्ञवाली र रघुनाथ ओलीले संकटका बेला अध्यक्ष ओलीको विकल्प खोज्न नहुने धारणा राखे।

यस्तै, रूक्मणि राना, रामप्रित राम, राजीव पहारी, राजकुमार लेखी, रवीन्द्र अधिकारी, रमेश बडाल, रत्नराज जोशी, यज्ञ बोगटी, मनमाया ढकाल, मेनुका काफ्ले, मेनुका कुमारी पोखरेल, मीना सिंह ढकाल, मीना उप्रेती, मानवीर राई र माधव ढुंगेलले ओलीको पक्षमा धारणा राखेका छन्।

मञ्जु शर्मा चालिसे, मञ्जुकुमारी थापा, भञ्जु भट्टराई, भूमेश्वर ढकाल, भूपेन्द्रबहादुर थापा, भारती पाठक, भागवत विश्वासी, भगवती न्यौपाने, बमबहादुर विश्वकर्मा, बधनी महतो, विमला अर्याल, विनोद शाह, विना राई, बालिका गिरी, बलवीर प्रसाद चौधरी, बलराम अधिकारी, प्रभु हजारा, प्रभा कोइराला, प्रतीक्षा तिवारी, प्रेम तामाङ, पासाङ, शेर्पा, पार्वती रावल, पदम गिरी, प्रधानसिंह बोहरा, नैनकला ओझा, निर्मला देवकोटा निरुकुमारी कुँवर, नवीन रोका मगर, वीरबहादुर धामी, नवीन्द्र शाही धर्मदत्त देवकोटा र दीपक कार्कीले ओलीको पक्षमा धारणा राखेका छन्।

बुधबार केन्द्रीय कमिटी बैठकको शुभारम्भ मन्तव्यमा अध्यक्ष ओलीले फेसबुकमा अभियान चलाउँदैमा राजीनामा नदिने बताएका थिए। ओलीले नेतृत्वलगायत उठेका सबै प्रश्नको जवाफ महाधिवेशनमा खोजिनुपर्ने धारणा राखेका थिए। ए

मालेले आगामी मंसिर २७ देखि २९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ । केन्द्रीय कमिटी बैठक आज (बिहीबार)सम्म चल्नेछ ।

विद्याको सदस्यता नरोक्न सुझाव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्नेहरूले विगतको भन्दा योपटक खुलेर आफ्ना कुरा राखिरहेका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न योपटक पनि दबाब बढेको छ । अध्यक्ष ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् । ‘जेन-जी’ आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।

अध्यक्ष ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले अब नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए । केन्द्रीय कमिटी बैठकमा पनि त्यसले निरन्तरता पाएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्दै बिहीबारको बैठकमा रचना खड्का, युवराज बास्कोटा, रवीन कोइराला, रामलाल साह, ममता गिरी लगायतले विद्या भण्डारीको सदस्यता खोल्न र ओलीले मार्गप्रशस्त गरेर अभिभावकत्व लिन आग्रह गरेका छन् । उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई आग्रह गरेका छन् ।

यद्यपि, केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। उनले फेसबुकले आफ्नो राजीनामा माग्दैमा नदिने भन्दै महाधिवेशनबाटै छिनोफानो गर्ने प्रष्ट सन्देश दिइसकेका छन् ।

एकजनालाई बोल्न तीन मिनेट समय दिइएको छ । नेताहरूलाई लिखित बुझाउन आफ्नो कुरा बुझाउन पनि सक्नेछन् । बुधबार बोल्नेमध्ये केही नेताहरूले पनि विद्याको सदस्यताको कुरा उठाएका बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.