मधेश प्रदेश विपत्त बेवस्थापन समितिको बैठक सम्पन्न

डिसी नेपाल
१२ कार्तिक २०८२ १८:२०
16
Shares

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा पहिलो प्रदेश विपत्त बेवस्थापन समितिको बैठक बसेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाले भोली बिहीबार देखि देशभरको मौसम बदली हुने र मोन्था चक्रवातको असर देशभर हुने जानकारी दिएको छ। साथै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सात बुंदे अनुरोध मार्फत सतर्कता अपनाउन आग्रह गरेको छ।
सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबीच विपत्त बेवस्थापन समितिको बैठक बसेको हो।

बैठक पश्चात सञ्चारकर्मीहरुलाई जानकरी दिँदै मुख्यमन्त्री सोनलले भोलीबाट हुने मौसम बदली र चक्रबातको असरले पर्न जाने सम्भावीत जोखिमको न्यूनिकरण गर्नका लागि तीनै तहको सरकारसहित सुरक्षा निकायलाई खट्न आग्रह गरिएको बताए। उनले मधेश प्रदेश हुँदै बग्ने नदिहरुको तटबन्ध ईलाकाहरुमा भएका बस्तीहरुबाट स्थानीयवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सम्पूर्ण निकायहरुलाई निर्देशन दिएको जानकारी दिए।

मुख्यमन्त्री सोनलले गैर सरकारी संस्था, युवा कल्ब, युवावर्गहरुलाई जोखिम स्थानहरुमा फसेकाहरुलाई सहयोग गर्न अपिलसमेत गरे। उनले प्रदेशभरिमा कसैलाई कुनै किसिमको समस्या भए नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा गृहमन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्री सोनलले जोखिम र विपत्तको समयमा सम्पूर्ण नेपालली एक अर्कालाई साथ दिएर अगाडि बढ्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *