मुख्यमन्त्री सोनल र बेलायती राजदूतावासको टोलीबीच भेट

डिसी नेपाल
१३ कार्तिक २०८२ १६:१०
20
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ।

बिहीबार विकास कार्यक्रम प्रमुख पुलिन सिननसहितको टोलीले मुख्यमन्त्री सोनलसंग शिष्टाचार भेटघाट गरेका हुन।

भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि लगयातका क्षेत्रहरूको विकास र सुधारका लागि बेलायती सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए।

उनले मधेश प्रदेशको समग्र विकासका लागि अन्तराष्ट्रिय साझेदारहरुसंग सहकार्य गर्न प्रदेश सरकार सँधै साकारात्मक रहेको धारणा राखे।

‘हामीलाई विकास साझेदारहरूको सहयोग आवश्यक छ। हामी चाहन्छौं कि शिक्षामा सुधार, स्वास्थ्य सेवामा वृद्धि र कृषि क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायसँग सहकार्य गर्न,’ सोनलले भने।

भेटघाटमा बेलायती टोलीकी प्रमुख पुलिन सिननले मधेश प्रदेश सरकारको प्रयास र प्राथमिकतासँग सहमति जनाउँदै, बेलायती सरकारको तर्फबाट आगामी दिनहरूमा थप सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरिन्।

भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरु र बेलायती दुतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *