लघुकथा : वाह!
सडक थियो-साँघुरो।
एउटा आयो र त्यसैमा पिच गरिदियो, कसैको घरगोठ भत्केन, कसैले जग्गा गएको पीडा भोग्नु परेन।
त्यस पुस्ताका सबैले ‘वाह!’ भनें।
अर्को आयो र सडक बिस्तारको कुरा गर्न थाल्यो। भन्यो-‘यो साँघुरो सडकले हाम्रो आवागमनलाई थेग्दैन, यसमा हाम्रो बस्तीको अबको रूपान्तरण अटाउन सक्दैन।’
धेरैले उसको विरोध गरे। उसले धेरै अवरोधहरूको सामना गर्नु पर्यो। उसले फटाफट कामलाई अग्रगति दिन पनि सकेन।
तर ऊ सडक बिस्तार गरेर मात्र पिच गर्ने अडानबाट टसमस भएन।
अन्ततः उसले जित्यो।
काम सम्पन्न भएपछि उसको कामलाई पनि मान्छेहरूले ‘वाह!’ भने।
बस्ती त्यही हो-
समयक्रममा बस्तीमा अगाडि ‘वाह!’ भन्ने मान्छेहरू निख्रिदै आए; पछाडि ‘वाह!’ भन्ने मान्छेहरू थपिँदै आए।
प्रतिक्रिया
















Facebook Comment