कविता : नाता/ सम्बन्ध !

ठाकुर बेलवासे
१९ कार्तिक २०८२ १३:१२
60
Shares

एउटा रूख
जसले चर्को घाममा
छहारी बनेर शीतलता दिन्छ
ओत बनेर
सानोतिनो झरीबाट जोगाउँछ
पहिरोमा बग्न लागेको बाटोलाई
जोगाएर आफैं बग्छ पहिरोमा
त्यसो त एउटा रूख
एकान्तमा एक्लो यात्रीको
साथी बनिदिन सक्छ
थकान मेटाउने चौतारो बनिदिन सक्छ
रात बिताउने आश्रम बनिदन्छ सक्छ !

एउटा रूख
एउटा मान्छेका लागि भरोशा बन्न सक्छ

एउटा मान्छे
रूखले जत्तिको पनि साथ दिन सक्दैन भने
सम्बन्धमा पिता नै किन न होस्
त्यो नाता फगतको सम्बन्ध हुन्छ !
जसले जीवन पर्यन्त पनि दु:खाई मात्र रहन्छ!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.