रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
आज तुलसीपुर उच्च अदालत, बुटवल इजलास का न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हाे।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा उनीहरू हाल थुनामा छन्। अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो।
यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ माग गर्ने आदेश दिएको थियो। अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो। गत बिहीबार सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको थियाे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment