मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता

डिसी नेपाल
२७ कार्तिक २०८२ १९:१४
60
Shares

जनकपुर। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता गरिएको छ।

सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन्। महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ।

सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ। प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको, विपक्षी दलका उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरु उल्लेख रहेको छ।

केही दिन अघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरु उपस्थिती नरहेको बावजुद सभा सुचार गरेका थिए। विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलदे प्रदेश सभा बैठकमै राजिनामा घोषना गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *