कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन अघि नै गर्नूपर्ने भन्दै नेतृत्वलाई खबरदारी

डिसी नेपाल
२८ कार्तिक २०८२ १८:३३
12
Shares

काठमाडौं। नेपाली कांग्रेसका युवाहरुले कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन अघि नै सम्पन्न गर्नूपर्ने भन्दै नेतृत्वलाई खबरदारी गरेका छन्।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा आयोजना गरिएको युवा भेलामा बोल्दै युवाहरुले युवा र नेपालको भविष्यका लागी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नूपर्नेमा जोड दिएका छन्।

युवाहरुले निर्वाचन अघि महाधिवेशन नगराए जिल्ला देखि प्रदेश कार्यालय समेत घेराउ गरी जेन्जी आन्दोलन भन्दा अझ कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। नेतृत्वमा विवेक हराएको भन्दै स्वार्थको बन्दी बनेर पार्टी कब्जा गरेको उनीहरुको आरोप छ।

उनीहरुले भावना बुझने नेतृत्व अहिलेको आवश्यकता रहेको भन्दै युवाहरुलाइ समेटेर जान समेत नेतृत्वलाई सुझाव दिएका छन्। कार्यक्रममा सहभागी अधिकांश युवाहरुले कांग्रेसले युवाहरुको आवाजलाई नेतृत्व बदल्ने गरी महाधिवेशनको तयारी थाल्नुपर्नेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *