प्रहरीका डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस

डिसी नेपाल
२८ कार्तिक २०८२ २२:२१
132
Shares

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए।

डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *