अध्यक्ष उपेन्द्र यादवले गरे लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन, गण्डकी प्रदेश अधिवेशन सम्पन्न

डिसी नेपाल
२९ कार्तिक २०८२ १७:३४
16
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले भैरहवास्थित दरबार बेंक्वेटमा आयोजित अधिवेशनको खुला सत्र उद्घाटन गरेका हुन् अधिवेशनले आइतबार प्रदेश समिति निर्वाचित गर्ने पार्टीले जनाएको छ

त्यसैगरी जसपा नेपालको गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ शनिबार कास्कीमा सम्पन्न अधिवेशनबाट रामकाजी चर्मकारको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ प्रदेश समितिको एकताको अधिवेशनमा पार्टी सहअध्यक्ष रकम चेम्जोङ प्रमुख वक्ता रहेको थिए

यससँगै जसपा नेपालले पाँच प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ बागमती र सुदुरपश्चिम प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *