कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्यता राख्न आग्रह गरेका छन्।
उनले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरुलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन्। उनले भने, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।‘
कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment