लघुकथा : लेखक
स्मरणमा छैन।
एक दशक साहित्यमा योगदान गरे। कविता, आख्यान लगायतका विधामा कलम चलाए। दर्जनौं कृति प्रकाशन भए। खरो स्वभाव, जे देख्यो त्यो फ्याट्ट बोल्ने बानीले होला। कसैको नजरमा परिन, न कसैको सहानुभूति नै पाएँ ? कलमले झुक्क पनि दिएन। उसँग मैले विगत कोट्याएँ।
उसले सान्त्वना दिँदै, “आफ्नो-आफ्नो रूचि र स्वभावको कुरा हो। जसलाई जे गर्न मनपर्छ, त्यसले त्यही गर्ने हो। सबैको अस्तित्व समान छ।” उसले सहजै भन्यो।
अन्न पानीले बनेको मान्छेको शरीर न हो। बिरामी भएर अस्पतालमा थलिए। ऊ घनिष्ट थियो, एक्कासी! अतालिँदै आयो र सोध्यो, “के भयो, कस्तो छ?”
ऊ निशब्द थियो, अनुहारको रङ उडेको जस्तो। मलाई छामछुम पार्न थाल्यो। मैले भनेँ, “सब ठिक छ।”
“डरले धन्नै ढलिन यार! एकाबिहानै के सुन्नु पर्याे यस्तो खबर भनेर हातखुट्टा लागेन र दौडिँदै आएँ।” उसले लामो सास तान्दै विरक्तिएको स्वरमा बोल्यो।
उसको आवाजमा डर थियो, हातखुट्टा कामिरहेका थिए। मेरा कान ठाडा थिए। अप्रत्याशित घटना के होला त? ममा धैर्य थिएन र सोधे, ” के कुरो हो?”
उसले पत्रिका निकाल्दै मेरो हातमा थमायो अनि समाचार सुनायो र देखायो पनि, “एक जना लेखकको निधन फोटोसहिको, सञ्जालभरि छ्यापछ्यापी श्रद्धाञ्जलीको ओइरो जुन म नै थिएँ।”
















Facebook Comment