गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजार बन्द

डिसी नेपाल
५ मंसिर २०८२ ७:४१
828
Shares

सिरहा। गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन्।

युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो।

ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *