एमालेलाई रोक लगाउन भन्दै जेनजी आन्दोलनका घाइते माइतीघरमा

डिसी नेपाल
५ मंसिर २०८२ १२:२६
224
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा घाइते भएका युवाहरू माइतीघरमा जम्मा भएका छन्

नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिइरहेका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहे पनि उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।

यस्तै उनीहरूले सरकारको विरोधसमेत गरिरहेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम नगरेको भन्दै उनीहरूले सरकारको विरोध गरिरहेका हुन्।

घटना भएको यतका दिन हुँदासमेत सरकारले कसैलाई कारबाही गर्न क्नु दुखद् भएको घाइते समूहका संयोजक मदन कार्कीले गुनासो गरे। उल्टै जेनजीलाई अपराधि जस्तो व्यवहार गरिएको उनको आरोप छ।

जेनजीहरूको मागलाई सम्बोधन गर्न छाडेर सरकारले पुरानै दल र तिनका नेताहरूलाई सहयोग गरिरहेकाले त्यसको विरोध गर्नु परेको उनको भनाइ छ।

शुक्रबार नै एमालेले नेसनल भोलिन्टियर फोर्स घोषणा कार्यक्रम राखेको छ। माइतीघरमै रहेको कार्की ब्यांक्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले युथ भोलेन्टियर फोर्सको औपचारिक रूपमा घोषणा गर्ने छन्

उक्त कार्यक्रमको विरोधका लागि पनि आफूहरू माइतीघरमा उपस्थित भएको कार्कीले बताएका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *