काठमाडौंमा एमाले निकट नेशनल भोलेन्टियर फोर्सको शक्ति प्रदर्शन
काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार मध्यान्ह काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। सामाखुशी र जावलाखेलबाट र्याली सुरु गरिएको फोर्सले बबरमहल, माईतीघर हुँदै नयाँबानेश्वरसम्म मार्च पास गर्दै प्रदर्शन सम्पन्न गरेको हो।
आज नै काठमाडौंको माइतीघरस्थित कार्की बैंक्वीटमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Mashu Vat ra petrol kaha bat ayo yetro paisa chhyalbyal yeeni vrasta ko ? membership le matrai ta hoina hola, ek chheu pani hudaina, thukka lootera, thugs haru,