सबैको सद्भावबाट मात्र मुलुकमा एकता कायम गर्न सकिन्छ : प्रदेश प्रमुख खापुङ
काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र समुदाय बीचको समन्वय र सद्भावबाट मात्र मुलुकको एकता र अखण्डता अक्षुण्ण राख्न सकिने बताएका छन्।
शुक्रबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा मधेसी आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजाति बीच सहकार्य र मेलमिलाप गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता भएको बताएका हुन्।
उनले सामाजिक सद्भाव र साम्प्रदायिक एकता मुलुकको आवश्यकता रहेको बताउदै शान्ति सुरक्षा कायम हुन नसके द्वन्द्व बढ्दै जाने धारणा व्यक्त गरे।
सो कार्यक्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम मधेसी आयोगकी सदस्य रेणुदेवी साहले मधेसी आयोगको सातौं प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेका थिए।







डिसी नेपाल







Facebook Comment