आज नेकपा एमालेले वृहत्त जनप्रदर्शन गर्दै
काठमाडौं । आज नेकपा एमालेले वृहत्त जनप्रदर्शन र जनसभा गर्ने भएको छ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ।
एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्याली गरेको थियो।
यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरि जनप्रदर्शन र्याली समेत गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment