महाधिवेशनबारे ठोस निर्णय गर्न कांग्रेस नेता शाहीको माग
काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता पुष्पकुमार शाहीले पार्टीलाई अनिर्णयको बन्दि नबनाइ महाधिवेशनबारे ठोस निर्णय गर्न केन्द्रीय समितिसँग माग गरेका छन्।
अनामनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पार्टीलाई नअल्झाउन उनले आग्रह गरेका हुन्।
‘हामी २१ फागुनका लागि निर्धारण भएको चुनावमा केन्द्रित हुनुपर्छ। पार्टीको आन्तरिक विवादमा रुमलिनु हुँदैन। यो देशलाई राजनीतिक निकास दिने समय हो। आपसमा बाँझिएर बस्ने बेला होइन। त्यसैले जारी केन्द्रीय समिति बैठकबाट पार्टीले महाधिवेशनबाट ठोस दिकास दिनुपर्छ। हामी जस्ता इमान्दार नेता कार्यकर्तालाई अल्झाएर राख्न पाइँदैन,’ उनले भने।
यति बेला देश, लोकतन्त्र र स्वयं नेपाली कांग्रेस पनि गम्भीर मोडमा उभिएको उको टिप्पणी छ। ‘महामानव विपी कोइरालाले भन्नु भएको थियो कि राष्ट्रियता संकटमा परेको बेला लोकतन्त्रको स्वार्थ गौण हुन्छ, लोकतन्त्र संकटमा परेको बेला पार्टीगत स्वार्थ गौण हुन्छ र पार्टी संकटमा परेको बेला ब्यक्तीगत स्वार्थ गौण हुन्छ। यो विषम परिस्थितिमा हामीले देश, लोकतन्त्र र पार्टीलाई सर्वोपरि ठान्दै व्यक्तिगत स्वार्थलाई तत्काल थाँती राख्दै अघि बढेर सहमति, सहकार्य र एकतालाई मजबुत बनाउनुको विकल्प छैन,’ उनले भने।
केन्द्रीय समितिको बैठक लामो समयसम्म चले पनि निर्णय प्राय: शून्य रहेको उनको भनाइ छ। ‘देशको कठीन र प्रतिकूल अवस्थामा नेतृत्वदायी र निर्णायक भूमिका खेल्दै आएको पार्टीको नजीर हाम्रासामू छ। तर, आज आएर अनिर्णयको बन्दी बन्नु र चौबाटोमा रनभूल्ल पर्नुले कांग्रेसका स्वदेश र विदेशमा रहनुभएका लाखौं कार्यकर्ता, नेता तथा शुभचिन्तक निरास हुनुपर्ने परिस्थित बनेको छ। यो चिन्ताको विषय हो,’ उनले भने।
देश र जनताको बृहत्तर हितमा हुने ठोस निर्णय आजको बैठकबाट पार्टीले सर्वसम्मत पारित गरोस् भन्ने उनले सुझावसमेत दिएका छन्।







डिसी नेपाल







Facebook Comment