एमालेलाई उत्तेजित बनाउने काम नगर्न ओलीको चेतावनी

डिसी नेपाल
६ मंसिर २०८२ १४:५७
60
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको उनको आरोप छ।

यो नक्कली सरकार भएको उनको आरोप छ। ‘एमालेलाई उत्तेजित बनाउने काम गर्नुस्। एमालेलाई जिस्क्याउने काम गर्नुस्। यो भन्दा बढी लोकतन्त्रमाथि आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्। अहिलेसम्म जे गर्नुभयो भयो, यो भन्दा अघि बढ्न खोज्नुहुन्छ भने तपाईँहरूको लागि हितकर हुनेछैन,’ उनले भने।

उनले लोकतन्त्र पुनर्स्थापना, संविधानको कार्यान्वयन गर्नको लागि सरकारलाई हस्तक्षेप नगर्न आग्रहसमेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *