मोरङमा ४४ हजार नयाँ मतदाता थपिए
मोरङ । यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन्। यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो।
यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन्।
अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ। यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment